पार्टी व्यवस्थापन नै अहिले कांग्रेसकाे मूल चूनाैति हो : प्रकाशमान सिंह

दक्ष खबर 15668+ समाचार ( )
८ मंसिर २०८१, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशिल सदस्यताकाे महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा जाेड दिनुभएकाे छ । साेमबार नेपाल कांग्रेसकाे सय दिने विशेष अभियानअन्तर्गत  काठमाडौं महानगरपालिकाले क्षेत्रपार्टीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दे उहाँले यस्ताे बताउनुभएकाे हाे । 

कांग्रेसका पूर्वमहामन्त्री समेत रहिसक्नुभएका सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसकाे मूल चूनाैति रहेकाे पनि बताउनुभयाे । ` अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हाे,´ उहाँले भन्नुभयाे, ` क्रियाशिल सदस्यकाे संख्या धेरै छ । तर, क्रियाशिल सदस्यहरूलाई  सदस्यताकाे महत्व बुझाउन नसकेकाे हाे कि ? , अब बुझाउनुपर्याे । ´ 

हरेक क्रियाशिल सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उहाँकाे जाेड थियाे । देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेकाे र  जनताकाे पटक पटक विश्वास जितेकाे कांग्रेस पार्टीको क्रियाशिल सदस्यता सामान्य विषय नभएकाे पनि उहाँले बताउनुभयाे । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उहाँकाे जाेड थियाे ।

काठमाडौँ महानगर समितिले काठमाडौंवासीले भाेगेका पिरमर्का र समस्या समाधानका लागि लाग्न पनि सिंहले आग्रह गर्नुभयाे । १ सय दिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयाेग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयाे । काठमाडौं कांग्रेसकाे सय दिने विशेष अभियानका लागि पूर्वमन्त्री कृष्णप्रसाद सिटाैला खटिनुभएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार