विश्वकप लिग–२ : यूएईविरुद्ध नेपालले टस जितेर पहिले व्याटिङ गर्ने

दक्ष खबर 15668+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

काठमाडौँ । आईसीसी मेन्स विश्वकप क्रिकेट लिग २ अन्तगर्त नेपालले यूएईविरुद्ध पहिले व्याटिङ गर्ने भएको छ । 

यूएईमा टस जितेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा  छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार