काठमाडौँ । 'जुनकीरी अविश्रान्त उज्यालो' समुहले काठमाडौंको जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्र परिसर सरसफाइ गरेको छ ।
आज आयोजीत सरसफाइ कार्यक्रम अन्तरगत 'जुनकीरी अविश्रान्त उज्यालो' समुहले खगेन्द्र नवजीवन केन्द्र वरपर सरसफाइ गरेको हो ।
करिव समुहका१५ जना सदस्य सहित 'जुनकीरी अविश्रान्त उज्यालो' ले परीसर सरसफाइ गरेको अध्यक्ष प्रशान्त शर्माले बताउनुभयो ।
उहाँले विगतमा पनि असहाय व्यक्तिहरू बसोबास गरिरहनु भएकाले पनि यस परिसरकमा 'जुनकीरी अविश्रान्त उज्यालो' ले विभिन्न कार्यक्रमहरू गर्दै आएको र अबका दिनहरूमा पनि यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
२०७४ साल बैशाख ११ गते स्थापना भएको 'जुनकीरी अविश्रान्त उज्यालो' समुहले विगतका वर्षहरूमा पुस्तकालय स्थापना सँगसँगै विभिन्न क्षेत्रमा सरसफाइ साथै सामाजिक कामहरू गर्दै आइरहेको छ ।
सरसफाइ कार्यक्रम पश्चात् खगेन्द्र नवजीवन केन्द्रको लाइवेरीलाई केही स्थान उपन्यास "रूखहरूको मृत्यु" प्रदान गरिएको थियो ।