काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मान एवं विदाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्र भित्रका नगरपालिकामा कार्यरत विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वयंसेविका तथा कर्मचारीहरूलाई स्वागत सम्मान एवं विदाई गरेको हो ।
कार्यक्रममा बोल्दै मेयर दीपक कुमार रिसालले स्वयंसेविकाको सहयोगले नै हामीहरूले सज रूपमा जन्म लिन पाएको बताउनुभयो । उहाँले स्वयंसेविकाले पुर्याउनुभएको योगदान महत्त्वपूर्ण र सम्झनलाएक रहेको बताउनुभयो । उहाँले ७५३ वटै नगरपालिका मध्ये गोनपा स्वास्थ्य क्षेत्रमा अब्बल रहेको बताउनुभयो ।
गोनपाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ अधिकारीले स्वयंसेविकाहरूको महत्त्व बुझ्न जरुरी रहेको बताउनुभयो । कार्यक्रमका सभापति एवं उपमेयर सान्नानी लामाले स्वयंसेविका भनेको देउता सरह रहेको बताउनुभयो । उहाँले विभिन्न माध्यमबाट स्वयंसेविकाहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुयो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा नगरपालिकाका मेयर दिपक कुमार रिसाल रहनु भएको थियो भने सभापतिमका रूपमा उपमेयर सान्नानी लामा रहनुभएको थियो । विशेष अतिथिका रूपमा वडा -८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा ४ का वडा अध्यक्ष जयराम महत, गोनपाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ अधिकारी, लेखा शाखा प्रमुख रामजी रायमाझी, महिला बालबालिकाअधिकृत गोमा प्रछाई स्वास्थ्य शाखा प्रमुख लगायत विभिन्न तह र तप्काका व्यक्तिहरूको सहभागीता रहेको थियो ।