मनास्लु वर्ल्ड कलेज र टोखा नगरपालिकाबिच शैक्षिक सम्झौता, दश जनालाई छात्रवृत्तिमा सहुलियत

दक्ष खबर 15672+ समाचार ( )
१६ पौष २०८०, मङ्गलबार

काठमाडौँ । मनास्लु वर्ल्ड कलेजले टोखा नगरपालिका सँग शैक्षिक सम्झौता गरेको छ । टोखा नगरपालिका सँग कलेजले छात्रवृत्तिमा विद्यार्थी पढाउने तथा नगरपालिका भित्र सञ्चालन हुने शैक्षिक विकासका कार्यक्रमहरूमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण गर्ने गरी सम्झौता गरेको हो ।   

कलेजले आइतबार टोखा नगरपालिका सँग गरेको सम्झौतामा नगरपालिका भित्रका अधिकतम दश जना विद्यार्थीहरूलाई छात्रवृत्ति सहुलियतमा प्लस टु अध्ययनको अवसर प्रदान गर्ने लगायतकाे रहेकाे छ ।

यस्तै, टाेखा नगरपालिका भित्रको शैक्षिक विकासका क्षेत्रमा मनास्लु वर्ल्ड कलेजको सहभागिता रहने, नगरपालिका भित्र सञ्चालन हुने शैक्षिक विकासका कार्यक्रमहरूमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण गर्ने, टोखा नगरपालिकामा सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि र अनुकूल शिक्षण सिकाई वातावरण निर्माणका लागि शिक्षक तालिम र विद्यार्थी परामर्श जस्ता कार्यक्रम सञ्चालन गर्न सहजीकरण र सहयोग गर्ने लगायतका विषयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

टोखा नगरपालिकाको तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी, प्रशासकीय अधिकृत शेर बहादुर बिसी र प्रमुख शिक्षा अधिकारी बाबुराम गौतम र मनास्लु वर्ल्ड कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामा, प्रधानाध्यापक राजन श्रेष्ठ, फाइनान्स डिरेक्टर मीन कुमार मोक्तान लगायतको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । कलेजले यस अघि शंकरापुर नगरपालिका सँग पनि यस्तै किसिमको सम्झौता गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार