अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड

दक्ष खबर 15659+ समाचार ( )
२६ मंसिर २०८१, शुक्रबार


गण्डकी । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आज पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक सम्वाद कार्यक्रमका सहभागीहरुले कतिपय नीति तथा कानुनी अड्चनका कारण निजी क्षेत्र लगानीतर्फ आकर्षित हुन नसकेको बताएका हुन् ।


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । “यतिठूलो राजनीतिक परिवर्तन भइसक्दा पनि २०२०/२१ सालतिरका कानुनअनुसार चल्नुपर्ने अवस्था छ, परम्परागत कानुनमा सुधार जरुरी छ”, उहाँले भन्नुभयो ।

उहाँले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले दिएका सुझावलाई सरकारले बेवास्ता गरेकामा गुनासो गर्नुभयो । “कोभिडपछि बजेट र मौद्रिक नीतिमा धेरै सुझावहरु निजी क्षेत्रका तर्फबाट दिएका थियौँ, ती सुझावलाई नीति निर्माताले गम्भीर रुपमा लिनुभएन, निजी क्षेत्रकै फाइदाका लागि भन्ने परम्परागत दृष्टिकोण राख्नुभयो”, अध्यक्ष ढकालले भन्नुभयो ।

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले माग घट्दा बजारमा तरलता देखिएको बताउनुभयो । उधारो असुली नहुँदा कतिपय व्यवसायी पलायन हुनुपरेको उहाँको भनाइ छ । सरकारले निर्माण व्यवसायीलाई समयमा भुक्तानी गर्न नसक्दा त्यसले उधारो असुलीमा असर परेको संयोजक खनालले बताउनुभयो । उद्योगी, व्यवसायीहरु लगानी गर्न उत्सुक नदेखिनुमा नीतिगत जटिलता प्रमुख कारण रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार