सप्तरी । वन तथा वातावरण मन्त्री नवलकिशोर साहले सप्तकोशी नगरपालिकामा बन, पर्यटकिय स्थल र पिकनिक स्पोर्टमा शिघ्र बजेट निकासा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आफुलाई सिंहदरबारमा पुर्याउन सप्तकोशी नगरवासीको महत्वपूर्ण योगदान भएको भन्दै उहाँले मतदातालाई मन्त्रीको उपमा दिएर आफु सेवक भएको बताउनुभयो ।
यस्तै सप्तकोशी नगरपालिकालाई आफुले अधिक प्राथमिकता दिएको भन्दै उहाँले सप्तकोशी नगरका सरोकारवालाहरुले गरेको आग्रह र बुझाइएका योजना र डिपिआर शिघ्र कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्रीको आग्रह बमोजिम सरोकारवालाहरुले बन तथा बाताबरण संरक्षण, पर्यटकिय स्थल तथा पिकनिक स्पोर्ट् निर्माण लगायतका विभिन्न योजना मन्त्री शालहलाई बुझाएका थिए ।
यस्तै उहाँले कोशीटापु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा क्षेत्राधिकारको पेचिलो विषयले उचित व्यस्थापनमा समस्या भएको भन्दै कानून बनाएर चाँडै अधिकार हस्तान्तरण गरिने बताउनुभयो । यस्तै फत्तेपुरको बजार क्षेत्रमा बृक्षारोपण कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
मन्त्री साहलाई सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आयोति कार्यक्रमको स्वागतमा साढे ७ केजिको मालाले सम्मान गरिएको थियो । कार्यक्रममा रक्तमाला सामुदायिक वन उपभोक्ता समुह फत्तेपुरका अध्यक्ष इन्द्र लुइटेलले वन क्षेत्रका विद्यमान समस्या समाधान गरिदिन मन्त्री शाहलाई आग्रह गर्नुभयो ।