काठमाडौँ । मिस्टर काठमाडौँका विजेता प्रकाश राईको निधन भएको छ । प्रकाश राईको हृदयघातका कारण निधन भएको हो ।
४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको थाहा पाएपछि ग्रान्डी हस्पताल पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहको प्रतिस्पर्धामा बिजय भएका थिए ।