काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा - ८ जयवागेश्वरीमा शव फेला परेको छ । शनिबार बिहान जयवागेश्वरीको त्रिशूल जात्राको सत्तलमा शव फेला परेको हो ।
स्थानीयका अनुसार मानशिक सन्तुलन ठिक नभएको र करिव चालिस बर्ष हाराहारीको महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृत महिलाको साथबाट केही पनि सरकारी कागजात नभेटिएकाले हालसम्म ब्यवारिसे अवस्थामा शव रहेको र पोष्टमाटमका लागि अस्पताल पठाइएको जनाएको छ ।
शवको पहिचान अझैसम्म पनि खुल्न सकेकाे छैन ।