बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत जारी

दक्ष खबर 15672+ समाचार ( )
१ माघ २०८१, बिहीबार

काठमाडौँ । काठमाडौँको बबरमहलमा बुधवार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम शुरु भएको छ । 

बुधवारबाट नै काम शुरु गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । उक्त पाइप फुट्दा बुधवार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो ।

प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुटेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र नै डुबानमा परेको थियो ।न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार