गृहमन्त्री लेखकको चेतावनीः संविधान र व्यवस्था विरोधी कुनैपनि गतिविधि सह्य हुने छैनन्

दक्ष खबर 15672+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनैपनि गतिविधि सह्य नहुने चेतावनी दिनुभएको छ । 

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो चेतावनी दिनुभएको हो ।  संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनी दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभति दिलाउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ । उहाँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई विध्वंसात्मक घटनाको संज्ञा दिँदै सो सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको बताउनु भयो । उहाँले प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिई पूर्वाग्रह बिना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिनुभयो । राजावादीको तीनकुने प्रदर्शन घटना विध्वंसात्मक र संविधान विरोधि भएको उल्लेख गर्दै मन्त्री लेखकले आइन्दा यस्ता घटना नदोहोर्याउन चेतावनी दिनुभयो । 


सांसदहरुद्वारा सदनमा उठाइएका विषयहरुप्रति सरकार गम्भिर र सचेत रहेको पनि मन्त्री लेखकको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार