गभर्नर कपको उपाधी टोखा लायन्स अफ काठमाडौँ ३२५ डीलाई, लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को टिम 'सी' उपविजेता

दक्ष खबर 15672+ समाचार ( )
२६ पौष २०८१, शनिबार

काठमाडौँ । लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जीको आयोजनामा गभर्नर कप सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधी टोखा लायन्स अफ काठमाडौँ ३२५ डीले हात पारेको छ । 

विश्व क्यान्सर दिवसका अवसरमा फेब्रुअरी १ देखि ४ तारिखसम्म कुपन फुटबल कपनमा भएको  खेलमा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को टिम 'सी' लाई ०-२ गोल अन्तरले हराउँदै टोखा लायन्स अफ काठमाडौँ ३२५ डीले उपाधी जितेको हो ।

त्यस्तै, प्रतियोगितामा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को टिम 'सी' उपविजेता भएको हो । खेलमा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को टिम 'सी' एवं उप-विजेता टिमका फरवार्ड आशिष कपाली उत्कृष्ट खेलाडी घोषण हुनु भएको थियो । यो सँगै कपालीलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई ले थाइल्यान्ड टुरको अवसर प्रदान गरेको छ । 

खेलका विजेताहरूलाई डिस्ट्रिक ३२५ जीका गभर्नर डा. कमल कायस्थ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 


प्रतियोगितामा विजेता टोलीले पचास हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने, उपविजेताले नगद पच्चीस हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।  

फाइनल खेलमा टोखा लायन्स अफ काठमाडौँ ३२५ डीका कप्तान रविन्द्र डंगोलले २ गोल गर्नुभएको थियो । जुन गोलनै खोलको निर्णायक गोल बन्न पुगेको हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार