काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले चितवनबासीहरुसंग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ । शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
पार्टी पंक्तिका सदस्यहरुलाई भने १०ः३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतीलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ । थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुगेर रिहा भएका छन् ।
बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।