वडाअध्यक्ष आशामानको सम्पदा पुनर्जीवित गर्ने प्रतिवद्धता, पचासौं वर्षदेखि दविएका छन् इनार !

दक्ष खबर 15657+ समाचार ( )
३ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन विभाग संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगतले दविएका र दवाइएका ऐतिहासिक इनार, पोखरी, धारा, पाटीपौवा लगायतका डवलीको खोजी गरी पुनर्जीवित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

काठमाडौं महानगरपालिकाको सम्पदा विभाग संयोजक समेत रहनुभएका संगतले ऐतिहासिक वस्तु महत्त्व धेरै रहेको तथा अहिलेको पुस्ताले यस्को महत्त्वलाई आत्मसात गर्न नसकेको बताउनुभएको हो । 

उहाँले हाल काठमाडौँ महानगरपालिका वडा ८ बाट त्यस वडामा रहका ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक इनार कुवा, पाटीपौवाको विरोधका बिचपनि आफ्नै पहलकदमीले उत्खनन, पुनर्जीवित बनाउनका लागि शुरूवात गरीएको छ ।

काठमाडौं महानगरपालिका वडा ८ को सिफल गेटबाट  भित्र रहेको ताम्रेश्वर मन्दिर पछाडि पट्टी रहेको वासुसशी गल्ली जानेबाटोको इनारको उत्खननले यतिबेला बाकी रहेको इनारहरूको उत्खननको पहलकदमी समेत अगाडि बढिरहेको छ । त्यस्तै, उक्त इनारको नक्साङ्कन २०४२ सालमा प्रकाशित नक्सामा रहे पनि पछि प्रकाशित नक्साहरूमा उक्त इनारको नक्सा दख्न सकिन्न । 

यो सँगसँगै जयवागेश्वरी युवा क्लब परीसरमा रहेको इन्द्रेश्वर महादेव मन्दिर परिसरमा रहेको इनारको उत्खननका लागि समेत पहल भईरहेको छ । उक्त मन्दिरमा परिसरमा रहेको इनारको उत्खनन सँगसँगै पुनर्जीवित गर्नका लागि समेत ताकेता भईरहेको छ । उक्त इनारको स-प्रमाण उत्खनन गर्ने वडाअध्यक्ष संगतले बताउनुभयो । त्यस्तै, उक्त इनार ३०- ४० वर्षदेेखी दविएको अवस्थामा रहेको छ । 

त्यस्तै, जयवागेश्वरी परिसरबाट पशुपतिनाथ जाने बाटो छेवैमा रहेको लोपोन्मुख इनारको पनि पुर्निर्माण सहित उत्खनन हुने भएको छ । उक्त स्थान सहित विभिन्न स्थानमा परापूर्व कालदेखि नै रहेका मठ मन्दिर, इनार, डवलीहरूको महत्त्व र इतिहास प्राचीन रहेको पाइन्छ । 

त्यस्तै, इटापाखा पशुपति परिसरमा रहेको इनारको पनि उत्खनन हुने भएको छ । पचासौं वर्षदेखि मासिएको र दवाइएका ऐतिहासिक सम्पलाको पुनर्निर्माणमा काठमाडौँ महानगरपालिकाले महत्त्वपूर्ण सहयोग लिइसकेको छ । 

त्यस्तै, पशुपतिनाथ परीसरमा सिर्जनशील युवा क्लब पछाडि हालको गौशालाको भित्तापट्टिमा रहेको इनारको पनि उत्खनन हुने भएको छ । यसैगरी वडाअध्यक्ष आशामान संगतले "काठमाडौँ महानगरपालिका वडा ८ भित्र रहेका नाै वटा इनार, नाै वटा डबली, नौ वटा ढोका, नौ वटा शक्तिपिठ, नौ वटा टोल, नाै वटा ढुङ्गेधारा, नाै वटा जात, नाै वटा पोखरी, नौ वटा पाटीपौवा तथा पुरातात्त्विक ऐतिहासिक संरचनाहरुको संरक्षणका निमित्त उत्खनन शुरूवात गरिएको", बताउनुभयो ।

उहाँले आगामी दिनमा थप संरचनाहरूको पनि पुनर्निर्माण तथा पुर्नताजकी हुने जनाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार