काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफुले सिकेको सीप सहि ठाउँमा सदुपयोग गर्नु स्थानीयलाई अनुरोध गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिका वडा ८ एवं योगदान तपाईंको सृजना हाम्रो संस्था सँगको सहकार्यमा व्यवसाहिक तथा सिप विकास तालिम अन्तरगत मखमलको जुत्ताचप्पल बनाउने कार्यक्रमको समापन सत्रमा बोल्दै उहाँले स्थानीय जनशक्तिमा राज्यले गरेको लगानी र सीपले सबैले आत्मसात गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले, उद्योग बनाएर एक वडा एक कार्यक्रम अन्तरगत ९५ प्रतिशतसम्म कर छुट रहेको उहाँले बताउनुभयो । त्यस्तै, उहाँले राज्यले कुनैपनि कुरामा फाइदा नहेरी कसैलाई पनि लगानी नगर्ने पनि बताउनुभयो ।
उहाँले सिकेको सिपमा आफुभित्र भएको क्षमतालाई समिश्रण गरेर नयाँ सिर्जना उत्पादन गर्नमा समेत जोड दिनुपर्ने बताउनुभयो । उहाँले एक्लैले भन्दा पनि सामुहिक रूपमा गरिने कार्यहरू चाडैं सफल हुने समेत उपप्रमुख डंगोलले बताउनुभयो ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडा अध्यक्ष आशामान संगतले, 'स्थानीय तहको लगानीलाई आत्मसात गर्दै नयाँ उद्यमका माध्यमबाट अगाडि बढ्न स्थानीयलाई आग्रह गर्नुभएको छ ।'
उहाँले, सिप सिकेर मात्रै नपुग्ने र त्यस्को कार्यान्वयनका विभिन्न पक्षहरूमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै जुत्ता चप्पलबाट राम्रो आम्दानी गर्न सक्ने हुदाँ उक्त पेशा अंगाल्न पनि उहाँले गर्नुभयो ।
वडाअध्यक्ष संगतले आफ्नो ब्यक्तित्व विकासका लागि समाज परिवर्तन गर्नका लागि पनि महिलाहरूको अग्रडि भुमिका आवश्यक रहेको बताउनुभयो ।
१५ दिनसम्म चलेको उक्त तालिममा ५१ जना महिलाहरूको सहभागीता रहेको थियो । समापन सत्रमा कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगत, वडा सदस्यहरू एवं स्थानीयहरूको उपस्थिति रहेको थियो ।