काठमाडौँ । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा पद्मा भुसालले बागी उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आज भएको मनोनयन दर्ताका क्रममा भुसालले सभापतिका लागि मनोनयन दर्ता गर्नुभएको हो ।
नेविसंघबाट प्रत्यक्ष रूपमा विद्यार्थी राजनीति गरिरहनु भएकी भुसालले स्ववियुमा आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले, महिला नेतृत्वमा सधैं कमि र अवसरबाट बञ्चित गराउने नेतृत्वको पहलकदमीले गर्दा आफुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।
महिला अध्ययनरत विश्वविद्यालयमा महिलालाई नै संगठनहरूले उपेक्षा गरिरहेकले आफुले स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
भुसाल नेविसंघबाट त्रिवि स्ववियु कोषध्यक्षमा निर्वाचित पदाधिकारी हुन् । नेविसंघले त्रिविमा दीपकराज जोशीलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ ।