वडा ६ को नयाँ प्रशासनिक भवनबाट सेवा प्रारम्भ : कार्यवाहक प्रमुख र वडाध्यक्षबाट समुद्घाटन 

दक्ष खबर 16558+ समाचार ( )
२० वैशाख २०८३, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ६ ले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रारम्भ गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडाध्यक्ष भुवन लामाले नवनिर्मित भवनको उद्घाटन गरेपछि पूर्व वडाध्यक्ष दिपेन्द्र लामालाई घर नम्बर प्रदान गर्ने फाइल स्वीकृत गर्दै वडाध्यक्ष भुवन लामाले नयाँ भवनबाट सेवा थालनी गर्नुभएको हो । सो अवसरमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के. सी., वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं. ७ का अध्यक्ष विमलकुमार होडासहित वडावासीको बाक्लो उपस्थिति थियो । 

नवनिर्मित भवनको परिचय पाटीमा देवनागरिक (नेपाली), रञ्जना (स्थानीय नेवार समुदायले प्रयोग गर्ने भाषा) र सम्बोटा (स्थानीय तामाङ्हरुले प्रयोग गर्ने भाषा) गरी ३ थरीका लिपि राखिएको छ । 

उद्घाटन पछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले, गुणस्तरीय सेवाका लागि सुविधा सम्पन्न पूर्वाधारले अहम भूमिका खेल्ने बताउँदै गुणस्तरीय वडा भवनबाट जनमैत्री सेवा प्रवाह हुने अपेक्षा व्यक्त गर्नुभयो । वडाध्यक्ष भुवन लामाले, वडावाट प्रवाह हुने सेवालाई एउटै तलामा सम्पन्न गर्ने गरी कार्यकक्ष मिलाइएको बताउनुभयो । नवनिर्मित भवनमा एकद्वार प्रणाली र धेरै कोठामा घुम्नु नपर्ने गरी सेवा प्रवाह गर्न सहज हुने गरी कार्यकक्ष मिलाइएको छ । लामाको भनाइ थियो । 

१४ हजार वर्गफुट क्षेत्रफल भएको भवनको भूमिगत तलामा मोटरसाइकल, स्कुटर गरी ३० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने क्षमता छ । यसको क्षेत्रफल १ हजार ५० वर्गफुट हो । २ हजार ३५० वर्गफुट क्षेत्रफल भएको जमिन तलामा ४ वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । यो स्थान सेवाग्राहीको प्रतिक्षालयका रुपमा समेत प्रयोगमा ल्याउन सकिने गरी बनाइएको छ । 

२ हजार ७ सय वर्गफुट क्षेत्रफल रहेको पहिलो तलाबाट सामाजिक सुरक्षासँग सम्बन्धित सेवा प्रदान गरिनेछ । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष दोस्रो तलामा छ । यस तलाबाट भूसेवा तथा राजस्व संकलन, वैङ्क काउन्टर, नागरिक सहायता कक्ष, दर्ता चलानीलगायत सेवा प्रदान हुनेछ । यो तलाको पनि क्षेत्रफल २ हजार ७ सय वर्गफुट नै छ । तेस्रो तलाको क्षेत्रफल २ हजार ३ सय वर्गफुट छ । यस तलामा प्राविधिक र इञ्जिनियरिङ्, आर्थिक र लेखा, वडा सदस्यहरुको कार्यकक्ष, सम्पत्ति कर बुझाउने, व्यवसाय नविकरण गर्ने, घटना दर्ता गर्ने कक्ष छन् । चौथो तलामा ८० जना व्यक्ति अट्न सक्ने सभा कक्ष छ । यो तलाको क्षेत्रफल २ हजार ३ सय वर्गफुट छ । पाँचौ तलामा भान्छाघर र मेलमिलाप कक्ष छ । यसलाई ४ सय वर्गफुट छानाले ढाकेको छ । 


६ करोड २८ लाख २७ हजार रुपियाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि सार्वजनिक खरिद प्रक्रियाबाट छनोट भएको बोनाफाइड कन्स्ट्रक्सन प्रा. लि. ले कवोल गरेको रकम ४ करोड ८८ लाख ५७ हजार रुपियाँमा कार्यादेश दिइएको हो । भवन निर्माणका लागि ४ करोड ७७ लाख ३२ हजार रुपियाँ खर्च भएको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यो भवनको डिजाइनर समेत रहनुभएका श्रेष्ठका अनुसार भवन राष्ट्रिय भवन संहिता २०२० को मापदण्ड अनुसार भूकम्प प्रतिरोधी प्रविधिमा निर्माण भएको छ । 

भवनको वाहिरी स्वरुप मौलिक नेपाली शैलीको छ । भित्री स्वरुप आधुनिक छ । भवनमा -याम र लिफ्ट राखेर अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सेवा लिन जान सकिने बनाइएको छ । वडा सचिव कमल गौत्तमका अनुसार पहिले साढे ३ तला बनाउने योजना थियो । यसले सेवा सञ्चालन गर्न नपुग्ने भएपछि भेरिएसन गरेर साढे ५ तले बनाइएको हो । यो भवनलाई यसैको उत्तरतर्फको 

भवनसँग जोडिएको छ । यो भवन २०७९ जेठमा निर्माण सम्पन्न गरिएको साढे ४ तले छ । यी दुवै भवन, गणेश मन्दिर सहित १ रोपनी १० आना जमिन छ । यसको केही भाग अतिक्रमण भएको छ । गौत्तमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार