‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
१६ मंसिर
२०८१, मङ्गलबार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ को सफलताको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री निवासमा अभियानकर्मीहरुसँग आज भएको भेटमा उहाँले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिनुभएको हो ।
बालविवाह अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी मुलुकलाई बालविवाह मुक्त राष्ट्र बनाउने सङ्कल्पपत्रमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गर्नुभयो । मुलुकी अपराध संहिता, २०७४ मा बालविवाहलाई दण्डनीय मानेको छ ।
त्यस अवसरमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भु र अभियानमा संलग्न बालविवाहको सिकार भएकाहरुको उपस्थिति थियो ।