काठमाडौँ । पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले सगुन कडेँलले स्वास्थ्य लाभ सँगै कुटपिट गर्ने गिरोहलाई तत्काल कार्वाही गर्न प्रदर्शन गरेको छन् ।
नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष सगुन कँडेलमाथि हातपात भएको र कुटपिट गर्ने गिरोहलाई तत्काल कार्वाही गर्न विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरुले स्वास्थ्य लाभको कामना लेखिएको प्लेकार्ड बोकेर क्याम्पसलाई शान्ति क्षेत्र बनाउँन माग गर्दै प्रदर्शन गरेका थिए ।
कलेजमा भएको कुटपिटको घटनापछि आफुहरू पनि असुरक्षित रहेको र क्याम्पस प्रशासनमा शान्तिपूर्ण अवस्था कायम गर्न र उपचाररत सगुन कडेँलको शीघ्र स्वास्थ्य लाभको कामनाको लागि शान्तिपूर्ण प्रदर्शन गरिएको दीपा आचार्यले जानकारी दिनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघबाट समानुपातिक प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा विवाद बढ्दा इकाइ अध्यक्ष कडेँललाई अर्को समूहले कुटपिट गरेका थिए ।
समानुपातिकबाट स्ववियु उपाध्यक्षमा निर्वाचित कडेँलको टाउकोमा चोट लागेको बताइएकाे छ ।