जुम्ला । कर्णाली प्रदेश जुम्ला जिल्ला सिंजा गाउँपालिका–२ गोठीमा रहेको महादेव युवा क्लबले जलवायु मैत्री तरकारी खेतिमा आकर्षित भएका छन् । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपालको साझेदारीमा सञ्चालित ‘उथ्थान परियोजना’ कार्यक्रम अन्तर्गत उक्त क्लबमा आवद्ध सम्पुर्ण युवा जलवायु वातावरणमैत्री तरकारी खेतीमा आर्कषित भएका हुन।
स्थानीय युवाहरू नेतृत्वमा सञ्चालन गरिएको यो परियोजना वातावरणीय अनुकूलता, युवाको आत्मनिर्भरता तथा आयआर्जनमा केन्द्रित रहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताए । उनका अनुसार क्लबले सामूहिक रुपमा विभिन्न तरकारी जस्तै काउली, टमाटर, प्याज फर्सी र च्याउको खेती गर्दै आएका छन । परियोजना प्रमुखले भने, तरकारी खेतीमा विभिन्न आधुनिक तथा उन्नत कृषि प्रविधिहरू अपनाइएको छ । खेर गएको फाेहाेर पानी संकलन गरी पुनः प्रयोग गरी, जैविक विषादीको घरमै निर्माण, प्राङ्गारिक मलको तयारी तथा प्रयोग सामूहिक श्रमको परिचालन र व्यवस्थापन लगायतका मापदण्ड अपनाइएको छ ।
यस्ता विधिका प्रयोगबाट विशेषगरी च्याउ खेती गरिएको छ ।महावेद युवा क्लबका अनुसार च्याउ खेतीबाट १५,००० आम्दानी भइसकेको छ भने सो रकम क्लबकै कोषमा जम्मा गरिएको छ।काउलि बाट दश हजार अम्दानी गरेका छन । यस आम्दानीले क्लबमा आबद्ध भएका युवाहरुले सामाजिक गतिविधिहरू तथा आगामी कृषि विस्तार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको गरेका छन।
महादेव युवा क्लब हाल सिंजा गाउँपालिकामा औपचारिक रूपमा दर्ता भएको युवा संस्था हो। क्लबले उथ्थान परियोजनाको सहकार्यमा युवा नेतृत्व विकास, रोजगारी सृजना तथा जलवायु अनुकूल कृषि अभ्यासमा उल्लेख योगदान पुर्याउदै आएको छ । स्थानीय युवाहरुले गरेका यस्ता कार्यक्रमले युवामा आत्मविश्वास, कृषि क्षेत्रमा नवीन सोचको विकास र दीगो विकासतर्फको यात्रालाई मद्दत पुर्याईरहेको पेस नेपालका कार्यकारी निर्देशन किसाेर न्याैपानेकाे भनाई रहेकाे छ ।