काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित पशुपति क्षेत्रमा रहेका भवनहरु भत्काउन सुरु गरिएको छ । आज दिउँसो २ बजेदेखि यहाँ रहेका घरटहरा हटाउने कार्य सुरु गरिएको हो ।
महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले, “स्थानीयहरुलाई पशुपति क्षेत्र विकास कोषले मुआब्जा प्रदान गरेको र जग्गा उपलब्ध गराउनु पर्ने नगराएको बताए । तसर्थ, सरकारी जमिनमा निर्माण गरिएका घरटहरा हटाउने अभियानअन्तर्गत तिलगङ्गास्थित पशुपति क्षेत्रमा रहेका घर टहरा हटाउने कार्य गरिएको बताए ।“
उनले, आज स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको जनाए । सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो । हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार बढी घर टहरा हटाइ सकिएको जनाइएको छ ।