मनास्लुले शैक्षिक अभिमुखीकरण कार्यक्रम गर्दै, सन्दिप क्षेत्रीको प्रस्तुती रहने

दक्ष खबर 15656+ समाचार ( )
१९ श्रावण २०८०, शुक्रबार

काठमाडौँ । काठमाडौँको चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

आगामी शैक्षिकसत्र २०८०\८१ मा आफ्नो  शैक्षिक गन्तव्य मनास्लु वर्ल्ड कलेज बनाए र कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कलेजको अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको नीति नियम सहित विषयवस्तुको विस्तृत जानकारी तथा कलेजभित्र हुने शैक्षिक तथा सीपमुलक गतिविधिहरूको बारेमा विवरण प्रस्तुत हुनेछ। 


कार्यक्रममा हास्यव्यंग्यकार, अभिनेता तथा कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको विशेष प्रस्तुती हुनुका साथै मनास्लुका आफ्नै विद्यार्थीहरूको सांगितिक ब्याण्ड द लस एण्ड फाउन्ड, मनास्लु ब्याण्ड, र्‍यापर लाक्पा तामाङ्ग, डान्सर कुशल अधिकारी, जादुगर राजेन्द्र र मिना गिरि लगायतका कलाकारहरुको उत्कृष्ट प्रस्तुती रहने बताएको छ ।

नयाँ शैक्षिक सत्रमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको उत्साहलाई अझै बढी उमंगका साथ कलेजको हरेक गतिविधिमा सक्रियताका साथ आफूलाई पनि समाहित गराउँन कार्यक्रम गरिएको अध्यक्ष गेन्द्र लामाले बताउनुभयो । 

कार्यक्रममा हरेक विषयका हेड अफ डिपार्टमेन्टले व्यवस्थापन, मानविकी, विज्ञान र कानुन संकायको विषयवस्तु र त्यसको बारेमा विस्तृत जानकारी दिइने क्याम्पस प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कार्यक्रम साउन २० गते शनिबार चावहिलमा रहेको स्माट प्यालेसमा आयोजना हुने जानकारी दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार