काठमाडौँ । युवा कानुन व्यवसायी सरोकार समितिले युवाहरुको युवा कानुन व्यवसायी सर्वेक्षण आजबाट शुरूवात गरेको छ ।
नेपाल बार एशोसिएशन अन्तर्गत गठित युवा कानुन व्यवसायी सरोकार समितिले डाटाहरु संकलन कार्य ललितपुर जिल्ला अदालत बार एशोसिएशनबाट शुरुवात गरेको हो ।
अनलाइनबाट ४० बर्ष भन्दा कम उमेरका कानुन व्यवसायीहरुको समुपस्थितीमा डाटा संकलन गरिएको समिति सह-संयोजक जीवन बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा युवा कानुन व्यवसायीहरुको उल्लेख सहभागीता रहेको ललितपुर बारका अध्यक्ष राम श्रेष्ठले जानकारी दिनुभययो ।
पहिलो चरणमा वाग्मती प्रदेश अन्तर्गतका युवा कानून व्यवसायीहरुको संकलन गरिने अधिकारी एण्ड एशोसिएट्का प्रज्वल ज्ञवालीले जानकारी दिनुभयो ।
बुधबारदेखि काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनको १ः३० देखि २:३० बजेसम्म बारको हलमा हुने बताइएको छ ।