नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छ : प्रधानमन्त्री 

दक्ष खबर 16544+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताउनुभएको  छ । शनिवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीतिहरु प्रष्ट र सही भएको बताउनुभयो । उहाँले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको बताउनुभयो । नेपालले शान्तिको पक्षमा विश्वमाँझ वकालत गर्ने बताउनुभयो । देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उहाँको भनाइ छ । उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रहित सबैभन्दा माथि रहेको बताउनुभयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनतामा रहेको सार्वभौमसत्ता स्वाधिनता शक्तिका स्रोत नै जनता हुन् भन्ने मान्यता त्यसलाई सर्वोपरि राखेर देशको सार्वभौमसत्ता स्वाधिनता स्वतन्त्रता भौगोलिक अखण्डता र राष्ट्रिय हितहरुलाई तलमाथि पर्न नदिइ र त्यसो गर्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व जस्ता कुराहरु यी कुराहरुलाई नबिर्सीकन मानवतावादी बसुधैव कुटुम्बकम् भन्ने भावनालाई ध्यानमा राखेर मानवतावादी दृष्टिकोणका साथ अगाडि बढ्छौँ । हामी देशभित्र शान्तिको पक्षमा छौँ, बाह्य पनि शान्तिको पक्षमा छौँ । र मानवजातीले हासिल गरेका उपलब्धीहरुको न्यायोचित वितरण र वञ्चितहरुको पहुँच वृद्धि हुुनुपर्छ भनेर हामी ठान्छौँ । यी कुरा हाम्रा फण्डामेन्टल कुराहरु हुन् । हामीसुमधुर छिमेक सम्बन्ध, फलदायी सम्मानजनक र लाभदायी अन्तर्राष्ट्रिय सम्बन्ध । पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सम्बन्ध राखेर अगाडि बढ्छौँ  । हाम्रा आन्तरिक र वाह्य नीतिहरु सबै सुस्पष्ट र सही छन् । हामी संयुक्त राष्ट्र संघलाई अन्तरर्राष्ट्रिय सम्बन्धको हिसाबमा विश्व अर्डरको हिसाबमा, संयुक्त राष्ट्रसंघलाई  केन्द्र भावका राखेर  संयुक्त राष्ट्रसंघको मानव अधिकारको घोषणा पत्र र समानताका लागि विकासका लागि हामीले समानता शान्ति र विकासका  लागि अन्तरर्राष्ट्रिय सम्बन्ध र अनुवन्धहरु गरेका छौँ, त्यसप्रति दृढ रहँदै मुख्यरुपमा संयुक्त राष्ट्र संघका मूल्य,मान्यताहरुलाई सर्वोपरी र केन्द्रभागमा राखेर हामी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौं । असम्लग्न आन्दोलन आन्दोलनका सिद्धान्तलाई मानेर चल्छौँ सबैसँग मित्रता छैन कसैसँग शत्रुता हाम्रो नीति रही आएको छ ।’

प्रधानमन्त्री ओलीले मानवले हासिल गरेका पछिल्ला उपलब्धीहरुको न्यायोचित वितरण र वञ्चितहरुको पहुँच वृद्धि आधारभुत आवश्यकता भएको बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार