भ्रष्टाचार विरूद्ध जेन-जीहरूले सोमबार माईतिघरमा प्रदर्शन गर्ने

दक्ष खबर 16547+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

काठमाडौँ । जेन-जी पुस्ताले सोमबार माईतिघरमा प्रदर्शन गर्ने भएका छन् । युवापुस्ताहरूले 'सो कल जेन-जी प्रोटेस्ट' कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

उक्त कार्यक्रमको नेतृत्व युवा पुस्ताहरू स्वयंले नै गर्ने भएका छन् भने, नेतृत्वकर्ता भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

पछिल्लो समय सामाजिक सञ्जालमा नेताहरूका छोराछोरीहरूको विलासी जीवन र नेताहरूको भ्रष्टाचारको फेहरिस्त सार्वजनिक भइरहेको छ । यता जनताहरू आफ्नो दैनिकिका लागि समेत दुख गरिरहेका छन् ।

तसर्थ युवापुस्ताहरू सामाजिक सञ्जालबाट सडकसम्म निस्कन लागेका हुन् । हरेक ब्यक्तिले समान अवसर, समान पहुँच पाउनुपर्ने युवाहरूको माग रहेको छ  ।

उनिहरूले शान्तिपूर्ण आन्दोलन गर्ने बताए पनि अवस्था कस्तो हुन्छ भन्ने एकिन छैन ।  सोमबार बिहान ९ बजे माइतीघर मण्डलामा प्रदर्शनको तयारी जेन-जीहरूको तयारी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार