प्रतिनिधिसभा बैठक आज बस्दै, टोपबहादुर रायमाझीको पद निलम्बनको जानकारी गराइदैँ

दक्ष खबर 15672+ समाचार ( )
१६ श्रावण २०८०, मङ्गलबार

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैँ छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी आज सदनलाई सभामुखले गराउनु हुनेछ । 

यसैगरी, हिजो नै तय भएको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइनेछ ।

साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेस गर्ने  तथा राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्ने कार्यसूचीलाई यथावत् राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार