काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ योङ स्टारले डिस्ट्रिक गभर्नर क्लब भिजिट र लियो चार्टर्ड हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाे छ । शनिबार व्याम्बो फ्रेश फार्म तारकेश्वर काठमाडौँमा डिस्ट्रिक गभर्नर क्लब भिजिट र लियो चार्टर्ड हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लायन सुमन श्रेष्ठकाे सभापतीत्व रहेकाे थियाे । डिस्ट्रिक गभर्नर पीएमजेएफ लायन मिलान थापाकाे प्रमुखअतिथ्यता रहेकाे थियाे । यसैगरी विशेष अतिथिमा हरी प्रसाद मरहट्टा र अन्य अतिथिमा कुश प्रसाद मल्ली लगायत डिस्ट्रिकका अन्य व्यक्तिहरु साथै लियो डिस्ट्रिक प्रेसिडेन्ट सविन भट्टराईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ योङ स्टारका सचिव सुदिप सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने, अक्ष गौतमले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।
मन्तव्य डिस्ट्रिक गर्भनर मिलान थापा, अतिथिहरू कुश प्रसाद मल्ली र हरी प्रसाद मरहट्टाले राख्नु भएकाे थियाे । लियो र लायन्सको उपस्थिति रहेको कार्यक्रममा धन्यवाद ज्ञापन क्लबका संस्थापक अध्यक्ष वसन्त गौतमले राख्नु भएको थियो ।