काठमाडौँ । मनास्लु वर्ल्ड कलेजले आज एक कार्यक्रमकको आयोजना गरी शैक्षिक सत्र २०८२/८३को लागी कलेज एम्बासडरको नियुक्ति गरेको छ ।
कलेजले हरेक आफ्ना विद्यार्थीहरुलाई वर्ष आयोजना गरिने मिस्टर तथा मिस मनास्लुका विजेताहरुलाई कलेज एम्बासडरको रुपमा नियुक्त गर्ने गरेको छ ।
यसै वर्षको मिस्टर मनास्लु २०८१ विजेता अस्विन गुरुङ र मिस मनास्लु २०८१का विजेता रोशिन ढकाललाई कलेज ले कलेज एम्बासडरको रुपमा नियुक्त गरेको हो ।
कलेजका अध्यक्ष गेन्द्र लामाका अनुसार, एम्बासडरको चयन गर्नु अगावै विद्यार्थीलाई विभिन्न कार्यशाला, तालिम, नेतृत्व विकास कार्यक्रम र सार्वजनिक गतिविधिमा सहभागी गराइने गरिएको छ। उनले भने, “हामी नेतृत्व गर्न सक्ने पात्र तयार पार्छौँ र त्यसपछि मात्र कलेज एम्बासडरको जिम्मेवारी दिइन्छ। नेतृत्व विकास हाम्रो शैक्षिक अभ्यासको केन्द्रमा छ।”
मनास्लु वर्ल्ड कलेजले विद्यार्थीहरूलाई शैक्षिक मात्र नभई व्यवहारिक र व्यावसायिक रूपमा पनि दक्ष बनाउन विभिन्न सिपमूलक तालिम र कार्यक्रममा सहभागी गराउँदै आएको छ। कलेज एम्बासडरले आगामी दिनमा कलेजका प्रतिनिधिका रूपमा विभिन्न भौतिक तथा डिजिटल कार्यक्रमहरूमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यस प्रकारको अभ्यासले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्न सहयोग पुर्याउने कलेजको विश्वास छ।