टिआरसी विधेयक पीडितमैत्री छ : गृहमन्त्री

दक्ष खबर 15665+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढि कैदीबन्दी जबरजस्तीकरणीका रहेको बताउनु भएको छ ।  

आज (शनिबार)  ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताउनुभयो । 

उहाँले, ‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन् । रेप  भनेको रेप नै हो । बन्दुक बोकेका मान्छेलाई गरेपनि साधारण व्यक्तिलाई गरेपनि रेप भनेको रेप नै हो । अरु अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्दका अपराधहरु छन्, कोही राज्य विरुद्दका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्दको अपराध हो । यी पीडाहरुलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौं भने बलात्कारलाई देशमा कम गर्न सक्छौं ।’ 

साथै उहाँले अहिलेको विधेयक पीडितमैत्री भएको बताउनुभयो । उहाँले सबै पीडितलाई एक ठाउँमा लिएर पीडकको पीडा समाधान गर्नुपर्ने बताउनुभयो  । यस्तै गृहमन्त्रीले कानून जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताउनुभयो  । उहाँले  पीडकको पीडा पीडितले मात्र बुझ्ने दावी गर्नभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार