नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विभिन्न स्वास्थ्य चौकीहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिका भित्रको वडा-११ को बेलकोट स्वास्थ्य चौकीलाई एक, वडा-३ को कुमारी स्वास्थ्य चौकीलाई एक र वडा-६ दुई पिपल स्वास्थ्य चौकीलालाई एक गरी तीन वटा एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त एम्बुलेन्सहरू मंगलबार नगरप्रमुख जगतबहादुर गुरूङले हस्तान्तरण गर्नु भएको हो । नगरपालिकाको नव निर्वाचित कार्यपालिका बैठकको पहिलो निर्णय बमोजिमको एम्बुलेन्सल खरिद गर्ने निर्णय भएकोमा नगर प्रमुखले मिती २०८० साल मंसिर १२ मा नगरपालिका भित्रका स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्ने निर्णय भएको वडा -२ का वडाअध्यक्ष रामचन्द्र तिमल्सिनाले जानकारी दिनभयो ।
सोही बमोजिम प्रति एम्बुलेन्स १८ लाख ७५ हजार ७ सय १८ अठार रुपैयाँमा खरिद गरिएको नगरपालिकाले जनाएको छ । सोही अनुरूप प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख कर्मचारी लगायतको सहभागितामा एम्बुलेन्स हस्तान्तरण भएको हो । एम्बुलेन्सले संचालन कार्यविधिमा व्यवस्था भए बमोजिम तोकिएका वर्गलाई नि: शुल्क सेवा समेत उपलब्ध गराउने जनाइएको छ ।