काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खुला प्रतिस्पर्धबाट नियुक्ति गर्नुपर्ने माग गर्दै 'सडक बहस' गरेकाे छ ।
शिक्षामा दलीयकरण अन्त गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने बताउदैँ नेविसंघले आज सडकमा बसह गरेको हाे । रत्न राज्य लक्ष्य क्याम्पस प्रदर्शनी मार्गमा नेविसंघ आवद्ध विद्यार्थीले सडक बहस गरेका हुन् । जसमा काग्रेसका विभिन्र नेता कार्रकर्ताहरूकाे सहभागीता रहेकाे थियाे ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु कोषाध्यक्ष पद्या भुसालले सम्पूर्ण सदस्यहरूको प्रतिनिधि गर्दै विश्वविद्यालयमा उपकुलपति नियुक्ति खुल्ला रूपमा गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको बताउनुभयो ।
त्यस्तै, नेेविसंघका केन्द्रीय सदस्य सुशान्त आचार्यले नयाँ क्रान्तिको शुरूवात गर्न गईरहेको बताउनुभयो उहाँले क्रान्ति अर्थात सकारात्मक परिवर्तनको सोचलाई अगाडि बढाइएको बताउनुभयो । विश्वविद्यालयको दलिय राजनितीकरणको अन्त्य गर्नुपर्ने आचार्यले बताउनुभयो ।
अधिवक्ता दिनेश त्रिपाठीले विश्वविद्यालयको राजनीति घटनाक्रमले पछिल्लो पुस्तामा नराम्रो असर पारेको बताउनुभयो । उहाँले विश्वविद्यालयमा दलित करण गुठतन्त्र भएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशका प्रदेश सांसद डिल्लीराम सुवेदीले विश्वविद्यालयलाई दलिय राजनीतिकरणबाट अन्त्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले सडकमा मात्र नभएर माइतीघर मण्डल हुदैँ सदन सरकारसम्म विचार राख्नुपर्ने बताउनुभयो । सडक बहसमा प्रधानमन्त्रीलाई १२,४१५ पत्र बझाउने तयारी रहेको बताइएको थियो । त्यस्तै, नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति तथा पदाधिकारीको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै ‘प्रधानमन्त्रीलाई पत्र’ अभियान समेत गरेकाे छ ।
प्रदर्शनमा दलीय भागबन्डा अन्त्य गर्नुपर्ने, राष्ट्र निर्माणको जग विश्वविद्यालयबाट हालौं, अति भए खती हुन्छ, खती हुन नदिउँ लगायतका पम्पलेट प्रदर्शन गरिएकाे थियाे ।