मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन : गृहमन्त्री रवि लामिछाने

दक्ष खबर 16544+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टीकरण दिनु भएकाे छ । 

प्रतिनिधि सभाको बैठकमा बाेल्दै उहाँले आफू गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा सहभागी नभएको बताउनुभयाे । 

 गृहमन्त्री लामिछानेले आफूले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताउनुभयाे । 

उहाँले जीबी राईले गरेका सबै फोहोर आफूले सफा गर्नुपर्छ भन्ने नरहेको संसद्मा बताउनुभयाे । पोखराको सुर्यदर्शन सहकारीबाट आफूले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाउनुभयाे । 

उहाँले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पिउन तयार रहेको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार