काठमाडौँ महानगरपालिका वडा ८ द्वारा युवा स्वरोजगार अभिमुखिकरण कार्यक्रम सम्पन्न

दक्ष खबर 15665+ समाचार ( )
स्थानीयस्तरमा सकारात्मक परिवर्तन तथा युवाहरूमा रोजगारीको नयाँ अवसरहरू उत्पन्न हुन्छ : वडाअध्यक्ष आशमान संगत
११ आषाढ २०८२, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा - ८ ले युवा स्वरोजगार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कामपा - ८ द्वारा शुक्रबार र शनिबार आयोजित दुई दिने अभिमुखिकरण कार्यक्रममा युवाहरूलाई कसरी रोजगारमूलक बनाउने, रोजगार सिर्जना गर्ने विषयमा पत्रकार बैकुण्ठ भण्डारी र रचना पण्डितले कार्यतालिका प्रस्तुती सहित प्रशिक्षण दिनुभएको हो ।  

कार्यक्रममामा बोल्दै काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले, " युवाहरूलाई रोजगारी आवश्यक रहेको परिपेक्षमा यसलाई कसरी निरन्तर रूपमा अगाडि बढाउन सकिन्छ र रोजगारीको खोजी कसरी गर्न सकिन्छ भनने विषउको खोजीका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।" 

उहाँले, 'रोजगारी मात्र होइन, सिप सिकेर सिपलाई ब्यवहारमुखि बनाउन आवश्यक रहेको बताउनुभयो ।'  वडाअध्यक्ष संगतले, वडामा रहेेका मानिसहरूलाई आफ्नेै वरपरका कुराहरूलाई ताजा बनाएर केही नयाँ हिसाबले अगाडि बढाउँन आवश्यक रहेको बताउनुभयो । 

पाशुपत क्षेत्रमा हामीले स्थानीयले केही गर्न नसकेको र बाहिरका मानिसहरूले रोजगार गरिरहेको अबस्थामा हामीले रोजगारीको ठुलो ठुलो गफ गर्नुभन्दा त्यहीँ कुरालाई आत्मसात् गरेर अगाडि बढ्दै उद्यम तर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभयो । 'यो सिप र रोजगार मुलक तालिमले नयाँ कुरा सिक्ने अवसर मात्र नभएर आफुभित्रको सिर्जनात्मकता समेत झल्किएको संगतले बताउनुभयो  ।

वडाअध्यक्ष संगतले, "कानुनको छिद्रामा, निति नियममा, परिवर्तन गर्नुपर्ने कुरामा आफुहरू सधैं तत्पर रहने बताउनुभयो । "

कार्यक्रममा बोल्दै वडासदस्य सरस्वती राज भण्डारीले, वडा स्तरबाट यस किसिमको कार्यक्रमहरू हुनु महत्त्वपूर्ण विषय भएको बतानुभयो । यहाँ दिइएको सिप, रोजगार र उद्यमशीलता सम्बन्धी तालिमले हरेक नागरिकलाई अग्रसर भएर उद्ममशिलता तर्फ अगाडि बढ्न मद्दत पुग्ने धारणा राख्नुभयो । 

त्यस्तै, प्रशिक्षक बैकुण्ठ भण्डारीले, 'उद्यमशील बन्न आफैंले रोजगारीको खोजी गर्नु आवश्यक रहेको बताउनुभयो ।' उहाँलेे, समाजमा रहेर गर्न सकिने सयौं कामहरू हुदाँहुदै पनि हामी रोजगारीको लागि विदेश धाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले, सीप, रोजगार र उद्यमशीलता ठुलो कुराबाट होइन सानो कुराबाट शुरूवात गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, अर्का प्रशिक्षक रचना पण्डितले रोजगारीको अवसर सिर्जना र यसलाई निरन्तर रूपमा कसरी सञ्चालन सम्बद्धन सहित निरन्तर दिन सकिन्छ भन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

यहाँले के हो उद्यमशिलता? कसरी गरिन्छ? यसमा के के कुरा समावेश रहन्छ लगायतका कुराहरू जानकारी गराउनुभएको थियो । 

त्यस्तै, स्थानीय श्याम कृष्ण संगतले, 'वडाले स्थानीयहरूलाई यस्तोखाले आवश्यक तालिम दिनु अपरिहार्य रहेको बताउँदै वडा ८ ले मात्र होइन स्थानीय तहका सबै वडाले वडावासीलाई यस्तो सिपमुलक तालिम दिन आवश्यक रहेको बताउनुभयो । 

उहाँले, उद्यमशीलता, रोजगारी, अवसरभन्दा पनि यसले भावि दिनहरूमा पार्ने प्रभावहरूलाई आत्मसात् गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।  

कामपा वडा - ८ ले स्थानीयहरूलाई समयसापेक्ष रूपमा आवश्यक तालिमहरू प्रदान गर्दै यसखाले तालिमले स्थानीयमा पारेको प्रभावको अनुगमन समेत निरन्तर रूपमा गर्दै आईरहेको छ । वडाबाट हुने सीपमूलक तालिमले स्थानीयहरूमा सकारात्मक परिवर्तन ल्याएको धारणा रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार