काठमाडौँ । जुनकिरी अविश्रान्त उज्यालो संस्थाले 'जुनकिरी गजल साँझ' कार्यक्रम आयोजना गर्ने भएको छ ।
पुस्तकालय निर्माण सहयोगार्थ आगामी माघ १२ गते शनिबार दिउँसो ३ बजेर ३० मिनेटबाट कार्यक्रम कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा आयोजना गर्न लागिएको हो ।
"कार्यक्रममा महिला गजलकारको वर्चस्व रहेको र जसमा गजलकारहरू शीतल कादम्बिनी, संगीता थापा मगर, बिमला दाहाल र सुशीला श्रेष्ठ रहनुहुने," आयोजक संस्थाका अध्यक्ष प्रशान्त शर्माले बताउनुभयो ।
उहाँले, "जुनकिरीले हालसम्म तीनवटा गजल साँझ र सुदुरपश्चिम तथा कर्णाल मध्ये एक ठाउँमा पुस्तकालय निर्माण गर्ने । पहिलो पुस्तकालय खादबारी संखुवासभामा, दोस्रो पुस्तकालय सिराह र तेस्रो पुस्तकालय बुटवलमा निर्माण गरिएको बताउनुभयो ।"
"गजलका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याइरहनु भएका महिला गजलकारहरूको सामुहिक प्रस्तुति रहने," शर्माले बताउनुभयो ।
उक्त कार्यक्रम सञ्चालन कवि अरूणा ढकालले गर्नुहुनेछ । जुनकिरी अविश्रान्त उज्यालो सामाजिक एवं सांस्कृतिक कार्यहरूमा काम गर्दै आईरहेको संस्था हो ।