काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ मा रहेको मठमन्दिरहरूमा 'क्युआर हेरिटेज स्टोरी टेलिङ बोर्ड' राखिएको छ ।
आज कामपा ८ अन्तरगत रहेको नवाली टोल सन्ध्या पुस्तकालय अगाडिको गणेश मन्दिर, ताम्रेश्वर महादेव मन्दिर तथा जयवागेश्वरीमा अवस्थित जयवागेश्वरी मन्दिरमा 'क्युआर हेरिटेज स्टोरी टेलिङ बोर्ड' राखिएको हो ।
आज एक कार्यक्रमका बिच काठमाडौँ महानगरपालिकाका संम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत एवं वडा सदस्यहरू शेखर देउला, सरस्वती राज भण्डारी, सलोनी ओडारी, राजलक्ष्मी भुसाल लगायत समाजसेवी डा. मुकुन्द राज बैद्य तथा श्याम कृष्ण संगतले 'क्युआर हेरिटेज स्टोरी टेलिङ बोर्ड'को समुद्घाटन गर्नुभएको हो ।
उक्त समुद्घाटन कार्यक्रममा बोल्दै कामपा ८ का वडा अध्यक्ष आशामान संगतले, "हाल काठमाडौँ महानगरपालिका भित्रका मठमन्दिरमा 'क्युआर हेरिटेज स्टोरी टेलिङ बोर्ड' राख्ने कार्य जारी रहेको बताउनुभयो ।' उहाँले, करिब विभिन्न १० वटा भाषामा सुन्न मिल्ने अडियो, टेक्स एवं नक्सा राखिएको र त्यहाँबाट विभिन्न ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक मठ-मन्दिरहरूको मौलिकतालाई पुनर्जागरित गर्न क्युआर राखिएको उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक मठ मन्दिरहरूको पुरातात्त्विक विशेषतालाई अगाडि बढाउने हेतुले महानगरभित्र सबै सम्पदाहरूमा क्युआर राख्ने कार्य अगाडि बढाइएको बताउनुभयो ।
सारङ सर्भिसेस कम्पनी प्रा. लीले 'क्युआर हेरिटेज स्टोरी टेलिङ बोर्ड' बनाएको हो । त्यस्तै, उक्त संस्थाका सहसंस्थापक दिवाकर रिजालले ऐतिहासिकतालाई मौलिकता सँगसँगै युुवा पुस्तामाझ अगाडि बढाउन यो कार्य निकै आवश्यक रहेको बताउनुभयो ।
उक्त क्युआर कोर्डमा प्रस्तुति अधिकारीको स्वर रहेको छ भने, मुकुन्द राज बैद्यले कथालाई नेवारी भाषा तथा अनुवाद सहिद शुद्धीकरण गर्नुभएको थियो भने, श्याम कृष्ण संगतले कथा विषयवस्तु संयोजन सम्पादन गर्नुभएको थियो ।