‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि भएकाे छ’ : प्रधानमन्त्री

दक्ष खबर 15665+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

काठमाडौँ । नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरिएकाे छ । 

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताएका छन । 

उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको बताउँदै गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको बताए । 

उनले लेखेका छन्,‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार