नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र गगन थापाबीच भेट

दक्ष खबर 15660+ समाचार ( )
३० वैशाख २०८१, आइतबार


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। दुबै नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ।

नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ।

भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो।

भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति र आइतबार प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार