मिस युनिभर्स नेपालमा ‘ट्रु ब्युटी’ ले टाइटल प्रायोजन गर्ने

दक्ष खबर 15665+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

काठमाडौँ । अमेरिकी प्रविधिबाट उत्पादित हेयर–केयर ब्राण्ड ट्रु–मीले 'मिस युनिभर्स नेपाल २०२३' को फाइनलमा ‘ट्रु ब्युटी’ टाइटल प्रायोजन गर्ने भएको छ ।

ट्रु–मीको आधारिक विक्रेता कम्पनी ट्रु डेर्मा एसए प्रालिका अनुसार ट्रु–मीले मिस युनिभर्स नेपाल २०२३ का लागि ‘ट्रु ब्युटी’ शीर्षकको विधा प्रायोजन गर्ने भएको हो ।

मिस युनिभर्स नेपाल २०२३ को आयोजक संस्था उमङ्ग क्रिएशन र ट्रु–मीका प्रतिनिधिले काठमाडौँमा सो टाइटल प्रायोजना सम्झौता गरेका हुन् ।

सम्झौतामा उमंग क्रिएशनका संस्थापक उद्धव अधिकारी र ट्रु–मीका ब्राण्ड कन्सल्टेन्ट दीपक जैसवालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपालको सौन्दर्य प्रतियोगिताको एउटा हिस्सा हुन पाएकोमा ट्रु–मीका ब्राण्ड कन्सल्टेन्ट जैसवालले खुशी व्यक्त गर्नुभयाे ।

त्यसैगरी उमंग क्रिएशनका संस्थापक अधिकारीले टाइटल प्रायोजनका लागि ट्र–मीलाई धन्यवाद दिनुभयो । ट्रु–मी अघिल्लो महिना मात्रै आफ्ना उत्पादनहरु नेपाली बजारमा ल्याएको हो । आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलव्ध हुने जनाएको छ ।

केराटिन, स्याम्पु, ट्रिटमेन्ट, हेयर सिरम, वाक्स लगायत कस्मेटिक उत्पादनहरु समेटिएको ट्रु–मीका हेयर–केयरका सामग्री त्यत्तिकै गुणस्तरीय पनि रहेको कम्पनीको भनाइ छ । मिस युनिभर्स नेपाल २०२३ को फाइनल भने ९ सेप्टेम्बरमा हुँदैछ । प्रतियोगिताको यो चौथो संस्करण हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार