नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता : १८औँ ब्याचका ७१ जनाको प्रस्तुतिमा ७९ सृजनाहरु

दक्ष खबर 15656+ समाचार ( )
२६ फाल्गुन २०८०, सोमबार

काठमाडौँ । 'जर्नि अफ फेसन' को १८औँ संस्करणमा  नव्यता नामक 'फेसन शो' सम्पन्न भएको छ  । 

नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औँ ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरु र्याम्पमाथि प्रस्तुत गरिएको थियो । 

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति संगैं शुभारम्भ भएको उक्त ग्राजुएसन फेसन शो निर्मिति नव्यता शीर्षकमा  सम्पन्न भएको हो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने प्रस्तती र  शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलहरुको कैशलता भएको ज्ञानी शोभा तुलाधरको बताउनुभयो । 

चार वर्षको ब्याचर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम सेमेष्टरको पढाई अन्तर्गतको प्रयोगात्मक परिक्षाको रूपमा ग्राजुएसन फेसन शोमा यस पटक मिस्टिकल क्रिएचर अवधारणामा योकाई, फ्रुटि टोन्स अवधारणमा अलंकृत फल, चेन चिक इन डेनिम कुटर अवधारणामा जेन मेराकी, हार्मोनिया भेस्टिस अवधारणामा हार्मोनिया भेस्टिस, फजेज् अफ प्रिसिपिटेसन अवधारणामा मिड नाइट रेन, र्याडिएन्ट रिफ्लेक्सन अवधारणामा आर्ट डेको ग्ल्याम, रकेको थियो । 

त्यस्तै, म्याक्रोम अवधारणामा रग एल्युर तथा फ्रस्टी फ्लोरिसेस् अवधारणामा फ्रस्टि अरा गरी ८ वटा विविधता युक्त अवधारणामा पहिरनहरु प्रस्तुत गरिएका थियो । 

२३ जना महिला तथा ९ जना पुरूष मोडलहरुको प्रस्तुतिमा सम्पन्न भएको उक्त फेसन शोमा सम्पूर्ण मेकिङ कलेजको १८औं ब्याचका ७१ जना विद्यार्थी डिजाइनरहरुको आयोजन, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा सम्पन्न भएको हो । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार