अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिपमा नेपाली टाेली प्रथम

दक्ष खबर 15660+ समाचार ( )
२६ श्रावण २०८२, आइतबार

काठमाडौँ । 'शिवमोगा ओपन छैटौं अन्तराष्ट्रियस्तरीय कराते च्याम्पियनसिप'मा नेपाली टोलीले प्रथम स्थान हासिल गरेका छन् । उक्त प्रितियोगितमा भाग लिन नेपाली टाेली सोमबार भारत प्रस्थान गरेको थिए ।

भारतको कर्नाटका राज्यको शिभमोग्गा सहरमा अगस्त ९ र १० मा  आयोजना भएको "शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय स्तर कराते च्याम्पियनसिप " उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हुन सफल भएको हो ।  मेडलको आधारमा तय गरिने स्थान अनुसार नेपाल प्रथम, भारत दोस्रो,  श्रीलंका तेस्रो भएको हो ।



नेपालबाट खुल्ला पुरुष तर्फ रन्जन कुमार सापकोटाले १ स्वर्ण १ सिल्बर पदक हात पारेका हुन् । पुरुष उमेर समूह तर्फ सन्देश कार्कीले २ स्वर्ण, शिशिर नेपाली २ सिल्बर, देवेन्द्र गमालले २ स्वर्ण, रबिन कुमार जैसवालले २ स्वर्ण, सरोज राईले २ सिल्बर पदक हरु हात पारेका छन् । त्यस्तै, महिला उमेर समूह तर्फ नितिशा बुढाथोकी १ स्वर्ण १ सिल्बर, आयुशा लामाले १ स्वर्ण १ सिल्बर पदक प्राप्त गरेका छन् ।

टोलिको नेतृत्व माओले शोतोकान करातेका वरिष्ठ प्रशिक्षक एवं निर्णायक अजय भक्त श्रेष्ठले गरेका थिए । टोलिले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थियो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, मलेसिया, ग्याबोन, अमेरिका, बङ्लादेश बिच प्रतिस्पर्धा  भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार