२०८२ सालभित्रै महाधिवेशन गराैँ : गगन थापा
८ श्रावण २०८०, सोमबार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वि सं २०८२ सालभित्रै महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको छ ।
जारी केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्रीले चुनावको मुखमा महाधिवेशन हुने र त्यसले पार्टीको आन्तरिक द्वन्दको असर चुनावमा देखिने बताउदैँ ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बताउनुभयो।