नुवाकोटको चिम्टेश्वरमा 'श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ'

दक्ष खबर 15672+ समाचार ( )
६ माघ २०८१, मङ्गलबार

काठमाडौँ । नुवाकोटको ऐतिहासिक एवं पुरातात्त्विक स्थान चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ - २०८१ हुने भएको छ । 

बुधबार नेपाल सरकारका संस्कृति परणयटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेको प्रमुख आतिथ्यतमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ - २०८१ को समुद्घाटन हुने भएको हो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा - ८ का वडाअध्यक्ष लगायत विभिन्न तह तप्काका ब्यक्तिहरूको सहभागीता हुने वडा - २ का वडाअध्यक्ष रामचन्द्र तिमल्सिनानाले बताउनुभयो । 

उहाँले, " चिम्टेश्वर विकास समिति तथा महायज्ञ आयोजक मूल समारोह समितिको आयोजनामा पण्डित नारायण न्यौपानेले फागुन ७ गते पूर्वाङ्ग तथा समुद्घाटन सहित फागुन १४ गते महाशिवरात्रीको दिनसम्म यज्ञ सञ्चालन हुने बताउनुभयो । 

उहाँले, चिम्टेश्वर क्षेत्रको ऐतिहासिकता, पर्यटकीय पक्ष सँगसँगै यहाँको महत्त्वलाई जानकारी गराउने हेतुले कार्यक्रमको भव्य आयोजना गरिएको तिमल्सिनाले बताउनुभयो । 

उहाँले, ' पूर्वाङ्ग तथा शोभा यात्रा ७ गते, पाठपारायण तथा प्रवचन ८ गतेदेखि १४ गतेसम्म हुने तथा १४ गते पाठपारायण सहित रूद्राभिषेक हुने र १५ गते साँझ दिप प्रज्वलन, रातभर जाग्राम तथा भजन किर्तन हुने बताउनुभयो । 

कार्यक्रममा विभिन्न ब्यक्तिहरूको सहयोगबाट सञ्चालन गर्न लागिएको र यसबाट उठेको भेटी मन्दिर परिसरको वृद्धि विकासका लागि खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार