शान्तदास स्मृति सम्मान बालसाहित्यकार हुमागाइँँलाई प्रदान गरिने

दक्ष खबर 15672+ समाचार ( )
१५ पौष २०८१, मङ्गलबार

काठमाडाैँ । वर्ष २०८१ को बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान बालसाहित्यकार जनकप्रसाद हुमागाइँँलाई प्रदान गरिने भएको छ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको संयोजककत्वमा गठित समितिले उक्त सम्मान हुमागाइँँलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको हो ।

शैली थिएटरले २०८० मा स्थापना गरेको यो सम्मान यस वर्ष बालसाहित्यकार हुमागाइँलाई मरणोपरान्त प्रदान गर्न लागिएको थिएटरका अध्यक्ष रङ्गकर्मी तथा निर्देशक नवराज बुढाथोकीले जानकारी दिनुभयाे ।

१६औँ राष्ट्रिय बाल नाटक महोत्सव एवम लघु बाल चलचित्र प्रदर्शनीको उद्घाटनको अवसर यो सम्मान फागुन १ गते बिहीबार रसियन हाउस कमलपोखरीमा प्रदान गरिने महोत्सवका कार्यक्रम प्रमुख किशोर अनुरागले बताउनुभयाे ।

बालसाहित्यकार हुमागाइँको जन्म जन्म वि.सं. १९९४ साल असोजमा काभ्रेपलान्चोकको बल्थलीमा भएको हो भने उहाँको निधन २०६३ साल माघ २८ गते घाँटीको क्यान्सरबाट भएको थियो । 

उहाँका बाल कृतिहरूमा ‘बाआमाको माया’, ‘गुनिला पाँच बालकथा’, ‘गोकुलकी आमा कसरी निको भइन् ?’,  ‘मालतीको यात्रा वर्णन’,  ‘भाइबहिनीका कथा’, ‘नेपाली बालसाहित्य’, ‘चम्पा र मायालु काका’,  ‘लहरे पिपलको कथा’,  ‘नानी पढ्छ’, ‘दिदीभाइको माया’ आदि प्रकासित छन् । साथै, बालअधिकारका क्षेत्रमा पनि उहाँको अग्रणी भूमिका रहँदै आएको छ  । 

यसअघि यो सम्मान शिक्षाविद् एवम् एभरेष्ट इङ्लिस बोर्डिङ स्कूलका प्राध्यापक भक्त राजभण्डारीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार