जुम्ला । जुम्लामा विपत् सम्बन्धि पुर्व तयारी कार्यक्रम सम्पन्न भएकाे छ । आसन्न वर्षायाममा हुन सक्ने सम्भावित विपद्को पूर्वतयारीस्वरूप जुम्लामा नेपाली सेनासहितका सुरक्षा निकायले उद्धार अभ्यास गरेकाे हाे ।
समितिका संयाेजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहिकाे अध्यक्षतामा विपद् पूर्व तयारी तथा कृत्रिम घटना अभ्यास चन्दननाथ नगरपालिका वडा १ मा सम्पन्न भएकाे हाे । जिल्ला स्थित स्थानीय तह, विपद् व्यवस्थापनकाे क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाकाे सहयाेग र समन्वयमा अभ्यास सम्पन्न भएकाे हाे ।
सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा सशस्त्र प्रहरी मनसुनजन्य विपद् (बाढी र पहिरो) लाई लक्षित गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ।
चन्दननाथ नगरपालिका-१, दानसाँघुस्थित तिला नदीमा गरिएको अभ्यासमा बाढीले बगाएका व्यक्तिहरूलाई सेनाको गोताखोर टोलीले डुंगाको सहायताले उद्धार गरेको थियो।त्यसैगरी, भिरबाट खसेका घाइतेलाई डोरीको माध्यमबाट सुरक्षित स्थानमा ल्याउने अभ्यास पनि गरिएको थियो।
श्री देवीदत्त गणको अगुवाइमा भएको उक्त अभ्यासको मुख्य उद्देश्य विपद्को समयमा गरिने उद्धार कार्यबारे नागरिकलाई सचेत गराउनु र सुरक्षा निकायको तयारी राख्नु हो।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जुम्ला विपद्को उच्च जोखिममा रहेको बताउँदै यस्ता अभ्यासले समुदायस्तरमा पूर्वतयारी र प्रतिकार्यको क्षमता बढाउने विश्वास व्यक्त गरे। उनले भने, ‘विपद् खबर गरेर आउँदैन, त्यसैले पूर्वसावधानी र तयारी नै सबैभन्दा ठूलो उत्तम काम हो।’
देवीदत्त गणका गणपति धीरज थापाले विपद् रोकथाम, उद्धार र राहतका लागि सुरक्षा निकाय सदैव तयारी अवस्थामा रहेको जानकारी दिन अभ्यास गरिएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालय, चन्दननाथ नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस र पेस नेपालकाे को संयुक्त संयोजनमा भएको अभ्यासमा स्थानीय विध्यार्थी, शिक्षक, विपत् सम्बन्धि काम गर्ने संघ सस्थाकाे उपस्थितिमा सबैलाई विपद् सचेतनाबारे जानकारी गराइएको थियो।