१०औं चेल्सी अन्तर स्कुल शिक्षक फुटसल प्रतियोगिताको उपाधि ब्रम्ह कुञ्ज शिक्षा सदनलाई

दक्ष खबर 15665+ समाचार ( )
२१ माघ २०८०, सोमबार

 काठमाडौँ । चेल्सी वर्ल्ड स्कुलद्वारा आयोजित १०औं चेल्सी अन्तर स्कुल शिक्षक फुटसल प्रतियोगिताको उपाधि ब्रम्ह कुञ्ज शिक्षा सदनले जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा ब्रम्ह कुञ्ज शिक्षा सदनले भ्याली भ्यू इङ्लिस स्कुललाइ ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो  ।   

प्रत्येक बर्ष  शिक्षकहरुका लागि अध्यापनसँगै स्वस्थ मनोरञ्जन र भाईचारा कायम गर्ने उद्देश्यका साथ आयोजना गरिदै आएको  उक्त प्रतियोगिताको १०औं संस्करणमा  १५ विद्यालयका शिक्षक टिमको सहभागिता रहेको थियो ।


प्रतियोगितामा ब्रम्ह कुञ्जका अविन थापा सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपर  घोसित हुँदा भ्याली भ्यूका सुधिर महर्जन उच्च गोलकर्ता तथा प्रतियोगितामा सबभन्दा छिटो गोल गर्ने खेलाडी घोसित भए । 

त्यसैगरि, आयोजक चेल्सी वर्ल्ड स्कुलका रोशन राई प्रतियोगिताको प्रेरणादायी खेलाडी घोषित भए ।फाइनल खेलमा ब्रम्ह कुञ्ज शिक्षा सदनका आशिष श्रेष्ठ म्यान अफ दी म्याच घोसित भएका थिए । 

प्रतियोगिताका  विजेता र उपविजेता टिम तथा अन्य विधाका विजेताहरुलाई नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र एन्फाको युवा विभागका प्रमूख प्रशिक्षक नवीन महर्जनलगायतले पुरस्कार वितरण गरेका थिए  । चेल्सी वर्ल्ड स्कुल गोकर्णेश्वर नगरपालिका वडा ८ अत्तरखेलमा संचालित रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार