विनायक सिद्ध कलेजद्वारा बिबिएस र बिएसडव्लु तहका दुईसय पचाँस बढी विद्यार्थीहरूलाई स्वागत

दक्ष खबर 15660+ समाचार ( )
१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । उत्कृष्ट शिक्षामा प्रतिवद्ध विनायक सिद्ध कलेजले स्नातक तह अन्तरगतको दशाैँ व्याचका विद्यार्थीहरूलाई स्वागत गरेको छ । सन २०१४ मा स्थापित कलेजद्वारा आयोजित एक कार्यक्रमका बिच स्नातक तहको बिबिएस र बिएसडव्लु तहका दुईसय पचाँस बढी विद्यार्थीहरूलाई स्नातक तहमा स्वागत गरेको हो । 

विनायक सिद्ध कलेजका अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले पानसमा दीप प्रज्वलन सहित कार्यक्रमको शुरूवात गर्नुभएको थियो । कलेज सञ्चालक समितिका सदस्य एवं प्रोग्रेसिभ इङ्लिस स्कुलका प्रेन्सिपल विष्णुप्रसाद पराजुलीले स्वागत मन्तव्य राख्दै,“विनायक सिद्ध कलेजले प्रदान गर्ने शिक्षा जीवनको लागि अत्यन्तै महत्तवपूर्ण रहेको बताउनुभयो ।“ उहाँले उज्ज्वल भविष्यका लागि जुनसुकै र जस्तो काममा पानी सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले, “विनायक सिद्ध कलेज विद्यार्थीका हरेक क्रियाकलापका साथसाथै नयाँ प्रविधि सँग आकर्षित हुदै विद्यार्थीहरूले खोजेको र आजको आवश्यकतालाई महशुस गर्दै अध्यायन अध्यापन गराउने कलेजका रूपमा स्थापित रहेको बताउनुभयो । उहाँले छैठौँ व्याचसम्म आईपुग्दा आज कलेजका विद्यार्थीहरू विभिन्न स्थानमा पुगिसकेको पनि बताउनुभयो । “

त्यस्तै, विनायक सिद्ध कलेजका अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले, “सीप सबैभन्दा ठुलो कुरा भएको र यसको सदुपयोग गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।“ उहाँले, विद्यार्थीले आफ्नो भविष्य आफैँ निर्माण गर्ने भएकाले कलेज संघसंस्था भनेको एउटा माध्यममात्र रहेको बताउनुभयो । 

त्यस्तै, कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यार्थीहरूलाई कलेजको बारेमा बताउनुका साथै विद्यार्थीहरूको अनुभव समेत साटासाट गरिएको थियो । विनायक सिद्ध कलेज शैक्षिक क्षेत्र सँगसँगै खेलकुद, सांगीतिक क्षेत्र लगायत विभिन्न क्षेत्रमा दखल राख्ने विद्यार्थीहरूलाई समावेश गरि अध्यायन अध्यापन गराइरहेको कलेज हो । जसले विद्यार्थीको भविष्य निर्माणार्थ अत्यन्तै मिहिनेत तथा लगनशीलताका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार