काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले माओवादी केन्द्र अहिले छलफलमा रहेको र संसद सुचारु हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँले सरकार उपसभामुखलाई हटाउने बारेमा नरहेको कुरा बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले राख्नुभएको र आफूले धन्यवाद दिएको बतउनुभयो ।
उहाँले भन्नुभयो, ‘गएको सदनको बैठकमा भदौ १२ गते मान्य योगेश भट्टराईले बोल्नुभएको कुरा थियो । माओवादी द्वन्द्वलाई हिंसात्मक द्वन्द्व भन्नेकुरालाई लिएर माओवादीका साथीहरु बिरोधमा हुनुहुन्छ । कसरी लैजाने भन्नेबारेमा छलफल भयो । साथीहरु छलफलमा हुनुहुन्छ, कुरा टुंगिन्छ । उपसभामुखको विषयमा मान्य मुख्य सचेतक महेश बर्तौलाज्युले हामीले केही गर्ने त्यस्तो केही थिएन, तपाईंहरुले चाँडै कुरा उठाउनु भयो भन्नुभयो, मैले तपाईंहरुको त्यस्तो केही रहेनछ भने भनेँ । संसदमा कुरा उठाउने नै हो, कुरा बग्रेल्ती आए, हामीले उठाइ नै हाल्यौँ, तपाईंहरुको त्यस्तो केही रहेनछ भने धन्यवाद, केही पनि फेरि नहोस् भने ।’
उहाँले संसदमा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्दको प्रयोग गरेपछि अहिलेको स्थिति सिर्जना भएको बताउनुभयो । न्युज एजेन्सी नेपाल