काठमाडौँ । पशुबलि निषेध चेतना अभियानद्वारा आयोजित विद्यालयस्तरीय वक्तृत्वकलामा प्रतियोगितामा नेपाल वेद विद्याश्रमका सुजन गुरागाई प्रथम भएका छन् ।
“अहिंसा र शाकाहार” शीर्षकको वक्तृत्वकला प्रतियोगितामा विद्यालयको तर्फबाट प्रतिनिधित्व गर्दै कक्षा १२ मा अध्यायनरत गुरागाँईले पन्ध्र हजार नगदराशि सहितको प्रमाणपत्र हात पारेका हुन् ।
सोही प्रतियोगितामा उक्त विद्यालयका विद्यार्थीहरू सदाशय गौतम र टीकाराज उपाध्यायले प्रोत्साहन स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा द्वितीय खुल्ला प्रतियोगि विद्यानन्द खरेल हुनुभएको थियोे । उहाँलाई दश हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो भने, तेस्राे ज्ञानाेदय माध्यामिक विद्यालयकी प्रस्ना सुवेदी हुनु भएको थियो । उहाँलाई पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा पुरस्कार वितरण पुर्व रक्षामन्त्री भिमसेन दास प्रधान र डा. गाेबिन्द टन्डनले गर्नुभएको थियो ।
hawa bhayO HIJO
hawa bhayO HIJO