रौतहटमा कर्फ्यु

दक्ष खबर 15660+ समाचार ( )
५ माघ २०८०, शनिबार


रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले इशनाथ नगरपालिकामा कर्फ्युआदेश जारी गरेको छ ।

पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्युआदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार