काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) को सुरक्षा निकाय एवं प्रशासन समन्वय समितिकाे संयोजक बिस्तार गरिएकाे छ ।
चैत ५ गते हुन गइरहेको निर्वाचन सम्पन्न गर्न नेविसंघले देशभर समिति र तिनका संयोजक तोकेको हो ।
स्ववियु निर्वाचनमा नेविसंघको तर्फबाट प्रत्यक्ष तथा समानुपातिक पदका उम्मेदवारलाई निर्वाचित गराउन र निर्वाचनमा नेविसंघको सहभागितालाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले निर्वाचन केन्द्रित समितिहरू गठन गरिएको संयोजक बिजय ढुंगानाले जानकारी दिनुभयाे ।
उहाँले, सदस्य सचिवमा ने वि संघ केन्द्रिय सदस्य आयुष मरासिनी, सह-संयोजकमा विद्यार्थी नेता हिक्मत शाहीलाई मुगुमा जिम्मेवारी प्रदान गरिएकाे बताउनुभयाे । ७७ वटै जिल्लामा संयोजक तोकीएकाे छ ।